नेपालगञ्ज । बागेश्वरी क्यूएफएक्स सिनेमा हलमा पुगेर विद्यार्थीहरुले शनिबार नेपाली कथानक चलचित्र पुर्ण बहादुरको सारङ्गी हेरेका छन् ।विद्यालयकी प्रधानाध्यापक सन्ध्या गुप्ताको नेतृत्वमा नेपालगञ्जस्थित मंगल प्रसाद माध्यमिकका विद्यार्थीहरुले सामुहिकरुपमा चलचित्र हेरेका हुन् । सामुदायिक विद्यालयका बालबालिकाहरुलाई व्यवहारिक ज्ञान प्रदान हुने हेतुले चलचित्र देखाउन विद्यार्थीहरुलाई लगिएको बताए ।
सम्भवत सामुदायिक विद्यालयले आफ्ना विद्यार्थी हलमा यो चलचित्र देखाउन लिएर गएको पहिलो घटना हो । यो चलचित्रले एउटा बुबा मुली हुँदा परिवारको जिम्मेवारी निर्वाह गर्ने अवस्था, परिस्थिति र एउटा बालकलाई डाक्टर बनाउनका लागि गरेको संघर्ष दर्शाएको छ ।सामाजिक संस्कृति, कुरिती जस्ता विषयबस्तु सम्मिलित चलचित्रले हालसम्म करिब ३६ करोड बढी कमाइसकेको छ ।