Close sidebar

कर्मचारीलाई सामाजिक विकास मन्त्री तिमिल्सिनाले भने-इमानदारपूर्वक काम गर्नुस्

२०८१ मंसिर १२ गते, बुधबार ११:०१

नेपालगन्ज । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले कर्मचारीहरुलाई ईमानदारपूर्वक काम गर्न निर्देशन दिनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन बाँकेको आयोजनामा मन्त्रीको बधाई, स्वागत तथा सम्मानमा बुधबार नेपालगन्जमा आयोजित कार्यक्रममा उनले कर्मचारीहरुको सहयोग भएन भने अपेक्षाकृत काम गर्न नसकिने बताउनुभयो ।

जिम्मेवारीमा बसिसकेपछि इमानदार भएर काम गर्नु पर्ने उनले भने-`जहाँ काम गर्नु हुन्छ त्यहाँ इमानदार भएर काम गर्नुस् । जनतालाई सेवा दिनुस् ।´ उनले कर्मचारी सरुवामा हुने पहुँचलाई रोक्नु पर्ने बताए । उनले दुई ठूला दल एक ठाउँमा आउनुलाई जनताको आवश्यकता हो भनेका छन् ।

काँग्रेस र एमाले नमिल्दा मुलुकमा अस्थिरता कायमनै रहने अवस्था देखिएपछि ठूला दुई दल मिलेको उनले बताए । मुलुक अब कसैको छलकपट र झुटमा नचल्ने भन्दै उनले नागरिकलाई सहज सेवा दिनु जनप्रतिनिधि र कर्मचारी दुबैको भूमिका भएको बताए । उनले बाँके बर्दियाको विकासमा आफ्नो सधैंव अगुवाइ गर्ने बताए ।

यस्तै नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति गोपाल अधिकारीले कर्मचारी देशको स्थायी सरकार भएकाले मन्त्रीलाई सफल बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले बाँके बर्दियाको विकास निर्माणमा सहजीकरण गर्न मन्त्री तिमिल्सिनासंग आग्रह गरे । उनले बाँके बर्दियाको बिकास निर्माणका कामको अगुवाई गर्न पनि उनले मन्त्रीसँग आग्रह गरे ।

यस्तै नेपाली काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्कीले मन्त्री तिमिल्सिनाले कर्मचारीहरुले नागरिकहरुलाई सुशासन दिन आवश्यक रहेको बताए । जनताका प्रत्येक समस्यासंग कर्मचारीहरु जानकार रहेकाले त्यसैअनुसार सेवा दिन आग्रह गरे । उनले मुलुकको परिवर्तनप्रतिको बिश्वास कायम राख्ने दायित्व कर्मचारीको पनि भएको बताए । लुम्बिनी प्रदेशसभा सदस्य माया पुनले युनियन आवद्ध कर्मचारीहरुलाई नागरिकमैत्री सेवा दिन सुझाव दिइन् । सार्वजनिक लेखा समिति सदस्य समेत रहेकी उनले बेरुजु फर्स्यौटमा सहयोग गर्न पनि कर्मचारीहरुलाई आग्रह गरिन ।

यस्तै लुम्बिनी प्रदेशसभा सदस्य सुशिला वादी नेपालीले देशलाई असल बाटोमा लैजान कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने बताइन् । उनले देशलाई सुशासनको बाटोतिर लैजान लुम्बिनी प्रदेश सरकारलाई सुझाव दिइन् । नेपाल निजामती युनियनका नेता मानबहादुर गिरीले मन्त्रीले बनाएका योजनाहरु कर्मचारीहरुले कार्यान्वयन गर्नुपर्ने बताए । उनले भने-`मन्त्री ज्युमा काम गर्ने हुटहुटी छ । अत्यन्तै सहज, सरल र सादगी भएको पनि मैले पाएको छु । उहाँले बनाएका योजनाहरु स्वभाविकरुपमा कार्यान्वयन गर्ने हाम्रो दायित्व हो । अझ युनियनका कर्मचारीहरुले थप सहजीकरण गरेर सहज बनाइदिनु पर्छ ।´उनले प्रदेश सरकारले लिएका योजना र नीतिगत कुराहरु युनियनका कर्मचारीहरुले कार्यान्वयन गरेर सहजीकरण गरिदिनु पर्ने बताए ।

कार्यक्रममा पूर्व कर्मचारीहरुको तर्फबाट शिवराज तिमिल्सिना, नेपाल निजामती कर्मचारी युनियन बाँकेका महाधिवेशन प्रतिनिधि नगेन्द्र शाही लगायतले बोलेका थिए । नेपाल निजामती कर्मचारी युनियन बाँकेका अध्यक्ष उद्वव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन सचिव पवन बुढाले गरेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया