Close sidebar

जसपाका युवा नेता राई काँग्रेस पार्टीमा प्रवेश

२०८१ कार्तिक २० गते, मंगलवार २१:११

मो. ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज । लामो समयदेखि जनता समाजवादी पार्टी बाँकेमा रहेर काम गरेका समाजसेवी तथा युवा नेता समशुल हक राईले एक कार्यक्रमका बीच नेपाली काँग्रेसमा पार्टी प्रवेश गरेका छन । नेपाली काँग्रेसकाे भातृ संगठन नेपाल मुस्लिम संघ बाँकेले आयोजना गरेको नेता कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रममा राईले पार्टी प्रवेश गरेका हुन ।पुर्वमन्त्री इस्तियाक अहमद राईको स्वकीय सचिव समेत भैसक्नु भएका जसपाका बाँके जिल्ला प्रवक्ता एवं प्रदेश सदस्य समशुल हक राईलाई नेपाली काँग्रेसका सह-महामन्त्री तथा प्रतिनिधि सभासदस्य माननीय किशाेर सिंह राठाैरले पार्टीको सदस्यता दिएर पार्टी प्रवेश गराउनुभएको हो ।

कार्यक्रममा जडिबुटी व्यवसायी तथा जामा मस्जिद सञ्चालक समितिका पूर्वअध्यक्ष माेहम्मद हुसैन हल्वाई र सिरताज हल्वाई लगायतले पार्टी प्रवेश गरेका छन । २०७९ सालको स्थानीय चुनावमा स्वतन्त्रबाट उम्मेदवारी दिएका राईले पछिल्लो समय कुनै पार्टीमा सक्रिय रुपमा लागेका थिएनन् ।नेपाल मुस्लिम संघ बाँकेका अध्यक्ष सुफियान खान पठानकाे अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बाँके क्षेत्र नं.३ का क्षेत्रीय सभापति मो. नक्की खान, लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा माननीय बादशाह कुर्मी, पूर्व माननीय याकुब अन्सारी, माननीय मीना सिद्दीकी, संविधानसभा सदस्य हाजी अब्दुलहमीद सिद्दीकी(भाेला), नेपाली काँग्रेस बाँकेका कोषाध्यक्ष एवं वडा नं. ८ का पुर्व सभापति निजामुद्दिन सिद्दिकी ( मुन्ना), नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कार्यसमिति सदस्य माेहम्मद आरिफ अन्सारीलगायत नेता कार्यकर्ताहरुकाे बाक्लो उपस्थिति थियाे ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया