काठमाडौं । भारत उत्तराखण्डको अल्मोडास्थित मार्चुला क्षेत्रमा आज बिहान यात्रुबाहक बस दुर्घटना भएको छ । सोमबार अल्मोडाको पोढीबाट रामनगरतर्फ जाँदै गरेको निजि बस गहिरो खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परि बसमा सवार २२ जना यात्रुको मृत्यु भएको छ, भने १५ जना बढी घाइते भएका छन । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । मृतकको पहिचान गर्ने प्रयास भइरहेको छ भने घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार र राहत कार्य छिटो गर्न राज्य प्रशासनलाई निर्देशन दिनुभएको बताइएको छ । मुख्यमन्त्री धामीले मृतकका परिवारलाई चार लाख र घाइतेलाई एक लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्नुभएको छ ।


