नेपालगन्ज । तिहार नजिकिएसँगै बजारमा चहलपहल बढेको छ ।
आज धन त्रयोदशी अर्थात् धन्तेरस विशेषगरी दिपावलीको किनमेलको लागि आजको दिन निकै उत्तम मानिन्छ । सो अवसरमा नेपालगन्जको मुख्य बजार त्रिभुवन चोक र सदरलाइनमा पनि किनेमेल गर्ने र बेच्नेहरुको घुइँचो लागेको छ ।
आजको दिन खरिद गरेका सामाग्रीहरु राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुशी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।
आजबाट यमपञ्चक शुरु भएको छ । यमपञ्चकको हरेक दिनको आ-आफ्नै धार्मिक मान्यताहरु रहेका छन् ।