Close sidebar

“छक्का पञ्जा ५” सातामा १७ करोड २० लाख कमायो

२०८१ कार्तिक ८ गते, बिहीबार २०:५७

नेपालगञ्ज । दसैँको अवसरमा असोज २४ गतेबाट रिलिज भएको यस फिल्मले दुई सातामा १७ करोड २० लाख ग्रस कलेक्सन गरेको छ । प्रदर्शनको समयदेखि नै चलचित्र प्रेमीहरुको अपार माया पाईरहेको चलचित्र ‘छक्का पञ्जा ५’ १७ करोड बढीको कलेक्सन गर्न सफल भएको हो ।

आक्रामक व्यापार गरिरहेको फिल्म ‘छक्का पञ्जा ५’ आजबाट तेस्रो सातामा प्रवेश गरेको छ । दुई सातामा ‘छक्का पञ्जा ५’ १७ करोड २० लाख कमाइ गरेको यस फिल्मका वितरक मनोज राठीले जानकारी दिनुभयो ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरी, वर्षा शिवाकोटी र केदार घिमिरे मुख्य भूमिकामा हुनुहुन्छ । फिल्ममा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ । दीपककै कथा, पटकथा र संवाद रहेको फिल्मको कथा कर्मचारीतन्त्र र राजनीतिमा केन्द्रित छ ।

ब्यांकटेस इन्टरटेनमेन्टले यस फिल्मलाई नेपालभर वितरण गरिरहेको छ । पहिलो साता भने फिल्मले साढे ११ करोड कमाइ गरेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया