Close sidebar

देशभर आज र भोलि भिटामिन “ए” र जुकाको औषधि खुवाउदै

२०८१ कार्तिक २ गते, शुक्रबार १७:२९

नेपालगन्ज । आज र भोलि देशभरका एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन “ए” र जुकाको औषधि खुवाउने कार्यक्रम शुरु गरिएको छ ।

भिटामिन “ए” क्याप्सुल ६- महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने कार्यक्रम शुरु गरिएको हो ।

सरकारले बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन “ए” क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो । राष्ट्रिय भिटामिन “ए” कार्यक्रमका लागि बाउन्न हजार महिला स्वास्थ्य स्वयंसेविका र दस हजार स्वास्थ्यकर्मी खटिएका छन् ।

सो कार्यक्रममा करिब बत्तीसलाख बालबालिकालाई भिटामिन “ए” तथा करिब उन्तीसलाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ । सरकारले प्रत्येक आर्थिक वर्षमा बालबालिकालाई कात्तिक र वैशाखमा भिटामिन “ए” र जुकाको औषधि खुवाउँदै आएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया