Close sidebar

भारतीय बजार रुपैडिहामा नेपाली ग्राहकको भीड, नेपालगन्ज बजारको रौनक हराउँदै

२०८१ आश्विन २२ गते, मंगलवार १६:३५

मो. अरशद शेष राई✍️
नेपालगन्ज । विजयादशमी सुरु भएसँगै यति बेला सीमावर्ती भारतीय बजार रुपैडिहामा नेपाली ग्राहकको भीड बढ्न थालेको छ भने नेपालगन्ज बजारमा खासै भीड देखिएको छैन । नेपाली बजार भन्दा भारतीय बजारमा पूजापाठ, खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले जिल्लाका विभिन्न ठाउँबाट स्थानीयवासीले दसैँका अवसरमा उपभोग्य सामग्री खरिद गर्न भारतीय बजार रुपैडिहातर्फ आकर्षित हुन थालेका हुन ।

दिनहुँ जसो समान खरिद गर्न ठूलो सङ्ख्यामा अहिले नेपाली सीमावर्ती भारतीय बजार रुपैडिहा आउन थालेपछि यहाँ भीड बढ्दै गएको रुपैडिहाका व्यापारीहरु बताउँछन् । नेपाली बजारभन्दा भारतीय बजारमा सस्तो दरमा समान पाउने तथा त्यहाँका व्यापारीले नेपाली ग्राहकसँग मृदु व्यवहार गर्ने गरेकाले नेपाली उपभोक्ता दसैँलगायत विभिन्न चाडपर्वमा समान खरिद गर्न सीमा पारी भारतीय बजार आउने गरेको रुपैडिहामा समान खरिद गरिरहेका नेपाली उपभोक्ता कमलेश यादवले बताए ।

नेपाली बजारभन्दा भारतीय बजारमा प्रत्येक समानको मूल्य ५० देखि १०० रुपैयाँसम्म सस्तो हुने भएकाले समान खरिद गर्न सीमा पारी जाने गरेको उनको भनाई छ । भारतीय सिमा सुरक्षा बल (एसएसवी)ले पनि दसैँका अवसरमा दैनिक उपभोग्य समान खरिद गरी लैजाने नेपालीहरुलाई अहिले सहज गरेकाले अरु दिनको तुलनामा भीड बढ्न थालेको छ ।

नेपाली ग्राहकले भारतबाट दाल, चामल, चिनी, खाने तेल, मसला, लगायतका समान खरिद गरी लैजाने गरेको भारतीय व्यापारी जहीर अन्सारीको भनाई छ । दसैँ, ईद, बकराईद लगायत हरेक चार्डपर्वको समयमा मालसामान खरिद गर्न धेरैजसो नेपाली ग्राहक सीमावर्ती भारतीय बजार जाने गरेकाले नेपालगन्ज बजारको रौनक हराउँदै गएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया