Close sidebar

नेपालगञ्जमा एतिहासिक रामलीला मञ्चन

२०८१ आश्विन २२ गते, मंगलवार ०४:३२

नेपालगन्ज । बाँकेको नेपालगञ्ज-१३ स्थित रामलीला मैदानमा ऐतिहासिक संस्कृतिको रूपमा रहेको रामलीला महोत्सव मञ्चन भइरहेको छ । भारतको वृन्दावन धामको ब्रज रासलीला एवं रामलीलाका २५ जना कलाकारहरुले प्रदर्शन गरिरहेका छन् ।नेपालगञ्जवासी र सो वरिपरिका क्षेत्रबाट प्रत्येक दिन चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा नेपाल र भारतका समेत मध्यरातसम्म सहभागी हुने गर्दछन् । प्रत्येक वर्ष दशैंका अवसर पारेर नेपालगन्जमा रामलीला महोत्सव मञ्चन हुँदै आएको छ । वि.सं.१९२५ सालदेखि नेपालगञ्जको कुरैश नगर मैदान, टण्डन राइस मिल हुँदै र अहिले रामलीला मैदानमा रामलीला मञ्चन भइरहेको छ ।

सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दशैको पहिलो दिन घटस्थापनादेखि मध्यरातसम्म रामलीला मञ्चन गर्ने गरिन्छ । लीलामा राम र सीताको जीवनीमा आधारित विभिन्न कथालाई नाटकीय रूपमा प्रस्तुत गर्ने गरिन्छ । लीलामा धनुषयज्ञ, रावण वध, भरतमिलाप र रामको शुभ राज्याभिषेक जस्ता दृश्यको मञ्चन गरिन्छ ।

नेपालगन्जको सांस्कृतिक परम्परालाई जोगाइ राख्न सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गरिँदै आएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिए । उनले १५७औँ संस्करण रामलीलामा नेपाली कलाकारलाई समेत सहभागी गराइएको बताए ।

 

 

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया