Close sidebar

महासंघ बाँकेको नयाँ नेतृत्वका लागि यही जेष्ठ २६ गते अधिवेशन हुने

२०८१ जेष्ठ १० गते, बिहीबार १७:३०

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेको नयाँ नेतृत्वका लागि यही जेष्ठ २६ गते अधिवेशन हुने भएको छ । महासंघ बाँकेको बसेको कार्यसमिति बैठकले यही जेष्ठ १९ गते १४ औं साधारणसभा तथा जेष्ठ २६ गते नयाँ नेतृत्वका लागि अधिवेशन हुने मिति तय भएको हो ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले महासंघले प्रदान गर्ने विभिन्न पुरस्कार वितरणका लागि छनोट तथा निर्वाचन समिति समेत गठन गरेको छ । साधारणसभामा वितरण गरिने पुरस्कार छनोट समितिको संयोजकमा रुद सुवेदी तथा सदस्यहरुमा डा.डक्ट धिताल र नवीन गिरी रहनुभएको छ ।

यस्तै निर्वाचन समितिको मुख्य निर्वाचन अधिकृतमा शरण कर्मचार्य तथा निर्वाधन अधिकृतद्धयमा अधिवक्ता केशव कोइराला र दिपेन्द्र धिताल रहनुभएको छ । अध्यक्ष भण्डारीको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । साथै महासंघको साधारणसभाको तयारी शुरु भइसकेको बाँके सचिव कमल डाँगीले जानकारी दिनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया