Close sidebar

नेपालगन्जका कुरैशी अवैध मासु र बहराईचका ईसहाक कपडा सहित नियन्त्रणमा

२०८१ जेष्ठ ९ गते, बुधबार १५:४४

नेपालगन्ज । भारतबाट अबैध रुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको कुर्ता र ब्रोईलर कुखुराको मासु प्रहरीले बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित भारतबाट चोरी पैठरी गरी ल्याएको २७ पिस कुर्ता सुरुवाल अंन्दाजी मुल्य रु. १०,८००।– (दश हजार आठ सय) बराबरको सामान सहित भारतको जिल्ला बहराईच बस्ने मोहम्मद ईसहाकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ बस्ने समिर कुरेशीले भारतबाट ल्याउँदै गरेको अबैध ब्रोईलर कुखुराको १४० केजी अन्दाजी रु. ५६,०००।–(छपन्न हजार) मूल्य बराबरको मासु बरामद गरेको प्रहरीले जानकारी दिएको छ । सामान र मासु फेला पारी मानिस सहित आवश्यक कार्वाहीको लागि पशु क्वारेन्टाईन नेपालगन्जज, बाँके र भन्सार कार्यालय नेपालगन्ज, बाँकेमा पठाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया