
मानपुर । बाँकेको जानकी गाउँपालिका वडा नं. ३ र ४ का जनता अन्धकारमा बस्न बाध्य छन । ४ दिनदेखी यस क्षेत्रमा विद्युत अवरुद्घ भएपछि यहाँका जनता अन्धकारमा बस्न बाध्य भएका हुन ।
गत सोमबार बाँकेमा आएको हावाहुरीका कारण विद्युत पोल ढलेका छन् । पोल ढलेकाे चार दिन बितिसक्दा समेत विद्युत कार्यालयले चासो नदेखाउँदा यस क्षेत्रका जनतालाई सास्ती भएको छ ।
हावाहुरीसँगै भएकाे वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा विद्युतिय उपकरण तथा सहायक सामाग्रीहरुमा क्षती पुगेको थियो । विद्युत अवरुद्ध भएकाे नेपालगन्ज लगायत क्षेत्रमा विद्युत सुचारु गरिए पनि यस क्षेत्रमा विद्युत कार्यालयले बेवास्ता गरेको छ ।
विद्युत नहुँदा स्थानीयलाई दैनिक दिनचर्यामा विद्युत आवस्यक पर्ने कार्यहरु गर्न कठिन भएको छ । किसानलाई सिंचाइ गर्न समेत समस्या भएको छ ।
स्थानीय सरकारको रूपमा रहेको वडा कार्यालय तथा गाउँपालिकाकाे कार्यालयले विद्युत सुचारुका लागि कुनै प्रकारको पहल र चासोसमेत लिएको देखिदैन ।
