Close sidebar

किरण आचार्यलाई शिक्षक सम्मान समर्पण गरिने

२०८१ बैशाख २६ गते, बुधबार १०:३५

नेपालगन्ज । शब्दयात्रा प्रकाशनले २०८१ सालको ‘शब्दयात्रा अङ्गुरबाबा जोशी शिक्षक सम्मान’ किरण आचार्य पौडेल (बाँके) मा समर्पण गर्ने भएको छ । उहाँ लामो समयसम्म अध्यापन गरी हाल निवृत्त हुनुभएको छ ।

आफूले अध्यापन गरेको शिक्षण संस्थाका विद्यार्थीहरूलाई शिक्षण सामग्रीबाट सुसज्जित गराउन, आफ्नो विषयमा गुणस्तरीय शिक्षा दिन, विद्यार्थीहरूको मनोवृत्ति बुझेर त्यसै अनुरूपको शिक्षण शैली अवलम्बन गर्न, पढाइमा कमजोर विद्यार्थीहरूलाई प्रोत्साहन दिई मानसिक रूपमा सबल बनाउन र विद्यार्थीहरूलाई सुसंस्कृति र सभ्यता सिकाउन उहाँले गर्नुभएको योगदानका लागि उहाँलाई सम्मान समर्पण गर्ने निर्णय गरिएको हो ।

सम्मानका लागि शिक्षासेवी तथा कवयित्री निर्मलाकुमारी यगोल श्रेष्ठले कोष व्यवस्थापन गर्नुभएको छ । यो सम्मान आगामी जेठ महिनाको अन्तिम सातामा समर्पण गरिनेछ । सम्मान व्यक्तित्व चयन समितिको बैठकले उहाँलाई यो सम्मान समर्पण गर्ने निर्णय गरेको हो । सम्मान ग्रहण गर्न स्वीकृति प्रदान गर्नुभएकोमा किरण आचार्य पौडेलप्रति शब्दयात्रा प्रकाशनले हार्दिक आभार पनि व्यक्त गरेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया