
मो. ताहिर शेष राई (साहिल)✍️
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ स्थित आयसा मदसातुल-बनात बालिका मा. वि. (इङलिस मिडियम)मा अधययनरत विद्यार्थीहरुलाई पाठ्य पुस्तक वितरण गरिएको छ । शनिबार दिन एक अनौपचारिक कार्यक्रमका बीच कक्षा ५ देखि १० सम्मका करीब २ सय ८० जना विद्यार्थीहरुलाई पाठ्य पुस्तक वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका सदस्य मो. आलमीन राई र विद्यालयका इन्चार्ज नेहा खानले संयुक्त रूपमा विद्यार्थीहरुलाई पाठ्य पुस्तक वितरण गरिएको हो । नयाँ शैक्षिक सत्र सुरुसँगै पठनपाठनलाई तिव्र बनाउन विद्यार्थीहरुलाई पुस्तक वितरण गरिएको विव्यस. का सदस्य राईले बताउनुभयो ।
पाँच सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको सो मदरसामा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरुलाई आइतबारदेखि पाठ्य पुस्तक वितरण गरिने कार्यक्रम रहेको सदस्य राईले जानकारी दिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरे आलम खान, प्रधानाध्यापक कश्फुद्दुजा खान, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेकोे थियो ।
