Close sidebar

टी-२० विश्वकपका लागि रोहितको कप्तानीमा नेपालको १५ सदस्यीय टोली घोषणा

२०८१ बैशाख १९ गते, बुधबार १९:४९

काठमाडौँ । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टी-२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी-२० विश्वकपमा नेपाल समुह डी मा रहेको छ । यस समूहमा नेपाल सहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् । विश्वकपमा नेपालले पहिलो खेल जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा श्रीलंकासँग, जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा बंगलादेशसँग खेल्ने तालिका छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया