
आशिष केसी✍️
तुलसीपुर । तुलसीपुर-घोराही सडकखण्डको ग्वार खोला पुल नजिकै मोटरसाईकल दुर्घटना हुँदा तिन जना गम्भीर घाइते भएका छन् । घाइते भएका तिनै जनाको उद्वार गरि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ । घाइते हुनेहरुमा तुलसीपुर – ३ तल्लो हलवार बस्ने मोटरसाइकल चालक सुनिल चौधरी, विशाल चौधरी र गणेश चौधरी रहेको ईप्रका तुलसीपुरले जनाएको छ । 
सोमबार राति करिब १०:३० बजेतिर तुलसीपुर देखि घोराही तर्फ जाँदै गरेको ३ जना सवार रा ४ प ८६९७ मोटरसाइकल अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको भनाई छ । घाईतेहरुको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन् । रातको समय भएकोले चिकित्सक आउनसक्ने अवस्था नभएको एक स्वास्थ्यकर्मीले बताए ।
उनीहरुको यहाँ उपचार सम्भव नभएकोले तत्काल अनेत्र लैजानुपर्ने स्वास्थ्यकर्मीको भनाई छ । तर घाईतेका आफन्त सम्पर्कमा नआएका कारण विरामीको ज्यान जोखिममा रहेको छ । घाईते अवस्थामा छटपटाई रहेका ३ जनालाई तुलसीपुर – ७ निवासी दुर्गा भण्डारी, मोतिराम ओली, ऋषिराज केसी र प्रहरीको सहयोगमा उद्दार गरी अस्पताल पुर्याईएको थियो ।
