Close sidebar

श्री मावि जोगागाउँमा तेस्रो पटक चोरी, सुरक्षा चुनौती माथि प्रश्न

२०८१ बैशाख १३ गते, बिहीबार ००:३२

मो. ताहिर शेष राई (साहिल)✍️
नेपालगन्ज । बाँकेको एक विद्यालयमा तेस्रो पटक समान चोरी भएको छ । जानकी गाउँपालिका वडा नम्बर २ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँमा मंगलबार रातिको समयमा विद्यालयको झ्याल-ढोका फोडेर समान चोरी भएको हो । एक वर्षमा लगातारको तेस्रो पटक रातीको समयमा विद्यालयको झ्याल-ढोका फोडेर समान चोरी भएपछि विद्यालय कर्माचारी चिन्तित भएका छन ।

बुधबार बिहान भर्ना अभियानका लागि विद्यालय पुग्दा लाइब्रेरी, प्रधानाध्यापक कक्षको ढोका-झ्याल फुटेको अवस्थामा र विद्यालय प्रशासन अगाडिको मुल ढोका छेउको झ्याल, कार्यालय कोठामा राखिएको दराज तोडफोड गरेको अवस्थामा भेटिएको निमित्त प्रधानाध्यापक जीत बहादुर वर्माले बताउनुभयो । उहाँको अनुसार २ थान 1 Hrs. पानी तान्ने मोटर, २ थान दराज, झ्याल-ढोका, लगायत सामाग्रीहरु गरी करीब पचास हजार बढीको सामान तोडफोड र चोरी भएको बताए ।

यस्तै गतवर्ष बैशाख २ गते विद्यालयको ताला फोडेर २ थान 1 Hsr. धाराको मोटर, २ क्युन्टल फलाम राड, २ थान सिलिङ पंखा, फलाम पाइप लगायतको समान चोरी भएको थियो । भने माघ ९ गते चोरी भएको विद्यालयका सहायक प्रधानाध्यापक निरज मिश्रले जानकारी दिए । उक्त चोरीको घटना नसेलाउँदै पुनः यो वर्ष बैशाख ११ गते मंगलबार चोरी भएको र सबै चोरी मंगलबार राति नै भएको शिक्षकहरु बताउँछन् ।

साईंगाउँ प्रहरी चौकीबाट करिब पाँच मिनेटको दूरीमा रहेको श्री मावि जोगागाउँमा तेस्रो पटक रातिको समयमा भएको चोरीको घटनाले सो क्षेत्रमा रातिको समयमा सुरक्षा चुनौती कमजोर रहेको भन्दै प्रहरी प्रशासन माथि गम्भीर प्रश्न समेत खडा भएको छ । यता सुरक्षा चुनौती चुस्त दुरुस्त रहेको भन्दै साईगाउँ प्रहरी चौकीले चोरीमा संलग्नको खोजी कार्य भइरहेको जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया