
नेपालगन्ज । सेवाग्राहीसँग घुस रकम लिईरहेको अवस्थामा एक जना अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको छ ।
कैलालीको लम्कीस्थित चुरे–तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यन्वयन इकाईका जलाधर ब्यवस्थापन अधिकृत प्रभात पालले सेवाग्राहीसँग नगद १ लाख २० हजार घुस रकम लिईरहेको अवस्थामा बुधबार अपरान्ह करीब पौने ४ बजेतिर अख्तियारले रंगेहात नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका अधिकृत सिरहा–गोल बजार (बारा) निवासी पालले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने प्रयोजनार्थ घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा नेपालगन्जबाट खटिएको टोलीले सेवाग्राहीबाट १ लाख २० हजार घुस लिइसकेको रकम र अन्य स्रोत नखुलेको १ हजार ५ रुपैया समेत गरी जम्मा १ लाख २१ हजार ५ रुपैया सहित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित एक खानाखाने होटेलबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बिहिवार विज्ञप्ति मार्फत जानकारी दिए ।
