Close sidebar

पेट्रोल, डिजेल र मट्टितेलको मुल्यमा प्रतिलिटर ३ रुपैयाँ बढ्यो

२०८१ बैशाख ३ गते, सोमबार २१:३०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो ।

भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो । निगमका अनुसार भारतबाट पेट्रोलमा प्रतिलिटर २.९६ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको निगमले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया