Close sidebar

आजदेखि (एसइई) परिक्षा शुरु, बाँकेबाट नौ हजार दुईसय ९३ परिक्षार्थी सहभागी हुँदै

२०८० चैत्र १५ गते, बिहीबार ०३:२१

नेपालगन्ज । माध्यमिक शिक्षा परीक्षा (एसइई) आज देखि शुरु हुँदैछ । चैत १५ गते बिहीबार देखि सञ्चालन हुने यस वर्षको एसईई परीक्षामा बाँकेबाट नौ हजार दुई सय ९३ जना परीक्षार्थी सहभागी  हुँदैछन । परीक्षा बिहान ८ बजेदेखि शुरु हुनेछ ।

शिक्षा विकास तथा समन्वय इकाई बाँकेका अनुसार बिहिवारदेखि सञ्चालन हुने एसईई परीक्षामा चार हजार सात सय ६३ छात्र र चार हजार पाँच सय ३० जना छात्रा सहभागी हुँदैछन् । बाँकेमा ३४ वटा परीक्षा केन्द्र तोकिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकामा ९ वटा, कोहलपुर नगरपालिकामा १० वटा, बैजनाथ, राप्तीसोनारी र खजुरा गाउँपालिकामा ४-४ वटा, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकामा १-१ वटा परीक्षा केन्द्र रहेको शिक्षा विकास तथा समन्वय इकाई बाँकेले जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया