नेपालगन्ज । आदर्श माध्यमिक विद्यालयले नेपालगन्जमा ‘आदर्श प्लस २ स्पोर्ट्स मेनिया – २०८० शुरु गरेको छ । तीन दिनसम्म चल्ने ‘आदर्श प्लस २ स्पोर्ट्स मेनिया २०८० को ओल्म्पिीयन सुरेन्द्र हमालले शुभारम्भ गर्नु भएको हो ।नेपालगञ्ज वडा नम्बर १ एन्फा एकेडेमी मैदानमा आयोजित ‘आदर्श प्लस २ स्पोर्ट्स मेनियामा १३ वटा खेल हुँदैछन ।
दौड प्रतियोगिताको उदघाटन गर्दै भारोत्तलन अन्तराष्ट्रिय खेलाडी हमालले यस्ता खेलहरुले खेलाडीको पहिचानसँगै विभिन्न अवसर सिर्जना गरिने वातावरण बनाउने विश्वास व्यक्त गर्नु भयो । उहाँले आफुभित्रको क्षमताअनुसार खेल छनौट गरेर अनुशासित ढंगले निरन्तर लागेमा सफल भइने समेत सुझ्याउनु भयो ।
विद्यालयका प्राचार्य विरभान केसीको अध्यक्षतामा भएको उदघाटन समारोहमा विद्यालयका प्रमुख निर्देशक इश्वर पोख्रेल, एकेडेमिक सल्लाहकार प्रकाश लामिछाने लगायतले शुभकामना दिनु भएकोे थियो ।
प्रतियोगितामा दौड, फुटबल, ब्याडमिन्टन,भलिबल, घैंटो फुटाई , चेस, म्यूजिकल चेयर लगायतका खेल हुने इभेन्ट डाइरेक्टर महेश्वर जोशीले जानकारी दिए । डाइरेक्टर जोशीका अनुसार शनिबार दौड, व्याडमिन्टन सकिएका छन् भने भलिबल, क्रिकेट, फुटबलका चरणबाँकी नै छन ।