Close sidebar

बाह्र लाख बढीको अबैध कुखुराका चल्ला र ढुवानी अटो बरामद

२०८० चैत्र ३ गते, शनिबार १७:५६

नेपालगन्ज । बाँकेको विभिन्न स्थानबाट करीब बाह्र लाख बढीको अबैध कुखुराका चल्ला र ढुवानी अटो प्रहरीले बरामत गरेको छ । भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी पैठारी गरेको अबैध कुखुराका चल्ला अन्दाजी मुल्य रु. ५ लाख ९० हजार र ढुवानीमा संलग्न अटो अन्दाजी मुल्य रु. ६ लाख ५० हजार गरी जम्मा १२ लाख ४० हजार मुल्य बराबरको चल्ला र ढुवानी सामाग्री प्रहरीले बरामद गरेको हो ।

अबैध रुपमा कुखुराको चल्ला लैजादै गरेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० स्थित राझाँ एयरपोर्ट, वडा नम्बर १८ स्थित भुजईगाउँ र डुडुवा गाउँपालिका वडा नम्बर ६ स्थित हिरमिनिया क्षेत्रमा चेकजाँच गर्दा ५९ पेटीमा ५९००० ओटा ब्रोईलर कुखुराका चल्ला र ढुवानीका लागि प्रयोग गरिएका अटो सहित मनिसलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अबैध रुपमा नेपाल भित्राउन खोजिएको कुखुराका चल्ला र मानिस सहितलाई आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जमा पठाएको छ । यसैगरी प्रहरीले भारतबाट ल्याइएको ८ केजी अन्दाजी मुल्य रु. २४०० बराबरको माछा समेत बरामद गरी क्वारेन्टाइन कार्यालय नेपालगन्ज पठाएको जनाएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया