Close sidebar

नगरप्रमुख प्रशान्त विष्टको विकास: भ्रमणका नाममा ५५ लाख बढी स्वाह !

२०८० फाल्गुन २६ गते, शनिबार ०६:११

बाँके । नेपालगन्ज उपमहानगरपालिकाले भ्रमणका नाममा अनुत्पादक क्षेत्रमा सरकारी खर्च गरेको पाईएको छ । गत आर्थिक वर्षमा मात्रै उपमहानगरपालिकाले भ्रमणका नाममा कुल ५५ लाख बढी खर्च गरेको पाईएको हो ।

उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७९\ ८० मा भ्रमणका नाममा मात्रै ५५ लाख ५३ हजार २ सय ६५ रूपौयाँ खर्च गरेको छ । स्रोतका अनुसार उपमहानगरपालिकाले भ्रमणका लागि तीन शिर्षक उल्लेख गरेको छ ।

पहिलो शिर्षक ‘भ्रमण खर्च’ उल्लेख गरेको उपमहानगरपालिकाले यो शिर्षकको भ्रमण खर्च ५० लाख ७९ हजार २ सय ६५ रुपैयाँ खर्च गरेको उल्लेख छ । यस्तै दोस्रो शिर्षकमा ‘विशिष्ट व्यक्ति तथा प्रतिनिधि मण्डलको भ्रमण खर्च’मा ३ लाख ७५ हजार उल्लेख छ ।

त्यस्तै तेस्रो शिर्षकमा ‘अन्य भ्रमण खर्च’ भनेर थप बजेट खर्च गरेको छ । यो शिर्षकको भ्रमण खर्च ९९ हजार रुपैयाँ छ । तीन शिर्षकमा भ्रमण खर्च छुट्याएको उपमहानगरपालिकाले कुनै पनि शिर्षकको भ्रमणको उद्देश्य भने नखुलाएको स्रोतले जनाएको छ । Our Tourism News (को सहयोगमा)

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया