Close sidebar

बाँकेमा अवैध औषधि पसल सञ्चालन गरी बिक्री वितरण गर्ने लखेर नियन्त्रणमा

२०८० फाल्गुन २६ गते, शनिबार ०५:०८

नेपालगन्ज । अवैध औषधि पसल सञ्चालन गरी औषधि बिक्री वितरण गर्ने एक जनालाई नियन्त्रणमा लिइएको छ । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर – ६ स्थित चौधरीपुर्वामा अवैध औषधि पसल सञ्चालन गर्ने विकास लखेरलाई नियन्त्रणमा लिएको बाँके प्रशासनले जनाएको हो ।

बजार अनुगमनका बेला लखेरले सञ्चालन गरेको पसलमा ७५ प्रतिशत औषधि म्याद गुज्रेका र केही औषधि नेपालमा बिक्री वितरण गर्न रोक लगाइएको पाइएपछि उनलाई नियन्त्रणमा लिएर पसल शिल गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए ।

प्रमुख पोख्रेलका अनुसार ‘औषधि पसल दर्ता पनि छैन, औषधि पनि वैधानिक छैनन्,’ अवैध रुपमा औषधि बिक्री गरेको पाइएको र उनीसँग यस सम्बन्धी कुनै योग्यताको प्रमाणपत्र पनि नभएको पाएपछि हामीले उनलाई नियन्त्रणमा लिएका छौं, उनले भने ।

उनलाई औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्जसँग समन्वय गरी नक्कली बिक्रेता लखेरलाई औषधि बिक्री वितरण सम्बन्धी प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रमुख पोख्रेलले बताए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया