Close sidebar

काँग्रेस बाँकेको एक दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम

२०८० फाल्गुन २५ गते, शुक्रबार २३:५१

नेपालगन्ज । नेपाली काँग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि एक दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । गाउँ केन्द्रित प्रशिक्षण अभियान सञ्चालन गरिसकेको काँग्रेस बाँकेले ‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन तथा जनसरोकारका सवालमा पार्टीलाई अग्रसर बनाउने नीति अनुरुप आज काहेलपुरबाट प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेको हो ।

नेपाली काँग्रेसका सह-महामन्त्री बद्री पाण्डले बिरुवामा पानी हालेर प्रशिक्षणको शुभारम्भ गर्नु भएको हो । सहमहामन्त्री पाण्डेले लोकतन्त्र, स्वतन्त्रता र सामाजिक न्यायको लडाईमा काँग्रेसको सुनौलो इतिहास रहेको उल्लेख गर्दै काँग्रेस कार्यकर्ता पनि पार्टीको वैचारिक सिद्धान्तसँगै सामयिक सवालमा पनि अपडेट र सचेत हुन जुरुरी रहेको बताउनु भयो ।

उहाँले काँग्रेसको इतिहास लगायत विविध पाटोका साथै पार्टी सुदृढीकरणका आयामबारे प्रशिक्षण दिनु भएको थियो । यस्तै नेपाली काँग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले, नेपाली काँग्रेसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवं अधिवक्ता गुणनिधी शर्माले नेपाली काँग्रेस, प्रजातन्त्र र समाजवाद, तिर्थ पौडेलेले जन सरोकारका सवाल, पार्टी संगठन, विकास, योजना, सञ्चार र कार्यसम्पादन लगायतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।

नेपाली काँग्रेस नगर सभापति विरेन्द्र शाहले स्वागत गर्नु भएको कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस बाँकेका कार्यवाहक सभापति एवं प्रशिक्षण शाखा प्रमुख गोपाल प्रसाद अधिकारीले गर्नु भएको थियो । पालिका र वडा तहका विभिन्न पदाधिकारी सहभागी प्रशिक्षार्थीलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो । थप पालिकाहरुमा पनि लगातार प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली काँग्रेस बाँके प्रशिक्षण शाखा सचिव उमा थापा मगरले जानकारी दिनुभयो । प्रशिक्षण शाखा सचिव थापामगरका अनुसार शनिवार राप्ती सोनारीमा प्रशिक्षण दिइने छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया