Close sidebar

देशभर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

२०८० फाल्गुन २५ गते, शुक्रबार २१:२६

नेपालगन्ज । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस आज देशभर विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा शुक्रबार बाँकेको नरैनापुर गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना एंव बि- ग्रुपको सहकार्यमा अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाएको हो ।

नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्ती देबी श्रीवस्तवले राजनीतिक परिर्वतनका लागि महिलाको ठुलो योगदान रहेको हुँदा महिलाको योगदानलाई भुल्न नहुने जिकिर गर्नुभयो । महिलामाथि हुने हिंसा दुव्र्यवहार नियन्त्रण र महिलाहरूको अधिकार सुनिश्चत गर्नको लागि गाँउपालिका प्रतिबद्ध रहेको बताउँदै उहाँले महिला हिंसा नियन्त्रण र पीडितलाई न्याय र पीडकलाई कानुनी कारवाही गर्ने दायित्व राज्यको भएको बताइन् ।

महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा चन्दले यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने रहेको छ बताउदै उहाँले विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारीखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको जानकारी गराउनु भयो ।

उहाँले नरैनापुरमा पछिल्लो समयमा आत्महत्या, दाइजोका कारण महिलालाई यातना दिने जस्ता घटना बढदै गएको प्रतिचिन्ता व्यक्त गर्दै उक्त घटनाहरुलाई नियन्त्रण गराउन तर्फ सरोकारवालाले भूमिका निर्वाह गर्न जरुरी रहेको जिकिर गर्नुभयो । यस्तै इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख राजन रायमाझीले महिलाहरू अझै पनि सामाजिक कुरीति र परम्परालाई त्यागेर माथि उठ्न नसकेको बताउँदै महिला अधिकारका निम्ति सबै एकजुट हुन आग्रह गर्नुभयो । उहाँले महिलाहरुलाई न्याय दिलाउन प्रहरी प्रतिबद्ध रहेको प्रतिबद्धता व्यक्त गरे ।

नरैनापुरमा प्रभातफेरीको आयोजना गरी सरोकारवालाहरु संग अन्तरक्रिया गरिएको कार्यक्रममा नरैनापुर २ का वडा अध्यक्ष मसूद अहमद शाह, सशस्त्र प्रहरी निरीक्षक छवि कुवर, कार्यपालिका सदस्य सन्तोष श्रीवस्तव, नरैनापुरका प्रेस विज्ञ आलम खान, नरैनापुरमा कार्यरत मुकद्दर अलि मुकेरी, प्रधानाध्यपक राजु मुकेरी लगायतले बोल्नु भएको थियोे । कार्यक्रममा दुई सय भन्दा बढी महिला बालबालिकाको सहभागिता रहेको थियो भने कार्यक्रम सन्चालन राजन बर्माले गर्नु भएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया