Close sidebar

जानकीस्थित श्री मा. वि. जोगागाउँमा अध्ययनरत कक्षा १० का विद्यार्थीलाई बिदाई

२०८० फाल्गुन २५ गते, शुक्रबार ०३:२०

मो. ताहिर शेष राई (साहिल)
नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका वडा नं. २ स्थित श्री मा. वि. जोगागाउँमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई बिदाई गरिएको छ । विगतका वर्ष जस्तै यस वर्ष पनि कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले माध्यामिक शिक्षा परिषद (एसईई) दिने कक्षा १० का विद्यार्थीहरुलार्ई विहिवार एक कार्यक्रमका बीच बिदाई गरिएको हो ।

कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले आयोजना गरिएको विदाई कार्यक्रमको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अली हलवाईको अध्यक्षतामा र विद्यालयका निवर्तमान प्रधानाध्यापक मोहम्मद आलमीन राईको प्रमुख अतिथीमा भएको कार्यक्रमको उद्घाटन राष्ट्रिय गानको धुन बजाएर गरिएको थियोे ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले सानैबाट आफुले पढाएको विद्यार्थीहरुलाई विदाई गर्दा असहय पीडा भएको बताउनुभयो । उहाँले उच्च शिक्षाको लागि तयार भएका विद्यार्थीहरुको उज्वल भविष्यको कामना समेत गरेका थिए । त्यस्तै विद्यालयका निमित्त प्रधानाध्यापक जीत बहादुर वर्माले बिदाई भएर जाने विद्यार्थीहरुको सफलताको कामना गर्दै विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले भोलिका दिनहरुमा पनि पठनपाठनमा कमी हुन नदिने बताए ।

विदाई कार्यक्रममा कक्षा ९ का विद्यार्थीहरुले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई आउँदै गरेको एसईई परिक्षाको सफलताको शुभकामना सहित शैक्षिक उन्नती प्रगतिको कामना गर्दै मायाको चिनो समेत प्रदान गरेका थिए । मयाको चिनो ग्रहण गर्दै कक्षा १० का विद्यार्थीहरुले आफुहरुलाई विदाई गरेकोमा धन्याबाद ज्ञापन गर्दै आफुहरु जहाँ र जुन अवस्थामा भए ता पनि यस विद्यालयप्रति सदैव माया रहिरहने बताएका थिए ।

विदाई कार्यक्रमको अवसर पारेर विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कम्प्युटर शिक्षक सकील अहमद राईले गजल प्रस्तुत गरेका थिए । शिक्षक कृष्णहरि अचार्यले सञ्चालन गरेको कार्यक्रममा विव्यसका सदस्यहरु, विद्यालयका शिक्षक / शिक्षिका, विद्यार्थी, अभिभावक, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया