Close sidebar

साउदीमा रमजानको चन्द्रमा देखिएपछि खुसीको लहर, सोमबार देखि रोजा शुरु

२०८० फाल्गुन २८ गते, सोमबार ०१:१३

कहकँशा अन्जुम✍️
नेपालगन्ज । साउदी अरेबियामा आज (आइतबार) पवित्र महिना रमजानको चन्द्रमा देखिएपछि मुस्लिम धर्मावलम्बीहरुमा खुसीको लहर छ । यससँगै साउदी, कतार, यूएई (दुबई) लगायत पश्चिम एसियाका धेरै देशहरुमा भोलि (सोमबार) रमजानको पहिलो रोजा (ब्रत) बस्दैँछन । साउदी अरेबियाको सरकारी टेलिभिजनका अधिकारीहरुले चन्द्रमा देखिएको बताएको छ ।

साउदी अरेबियामा आधिकारिक रूपमा आइतबार राति इशा नमाजपछि विशेष नमाज ‘तरावीह’ पढेर पवित्र महिना रमजानको पहिलो रोजा सोमबार देखि शुरु हुने भएको छ । तर आइतबार अरब देश ओमान र फिलिपिन्समा चन्द्रमा नदेखिएकोले यी दुई देशमा मंगलबार देखि पवित्र महिना रमजान शुरु हुँदैछ ।

यस्तै नेपाल, भारत, पाकिस्तान र बंगलादेश लगायत दक्षिण र पूर्वी एशियाका धेरै देशहरुमा रमजान महिना सामान्यता साउदी अरेबिया भन्दा एक दिनपछि शुरु हुन्छ । त्यसैले यी देशहरुमा मंगलबार देखि पवित्र महिना रमजान शुरु हुँदैछ ।रमजान महिनामा मुस्लिम धर्मावलम्बीहरुले बिहानदेखि बेलुका सम्म ब्रत बस्छन् ।

रमजानको समयमा उपवास (ब्रत) बस्नु इस्लामको पाँच स्तम्भ मध्ये एक मानिन्छ । धर्मावलम्बीहरुले २९ वा ३० दिनको लागि उपवास ब्रत बस्छन् कि चन्द्रमा देख्ने आधारमा, जुन महिनाको शुरु र अन्त्यमा निर्भर गर्दछ । रमजान महिना सकिएपछि मुस्लिम धर्मावलम्बीहरुले इद-उल फित्र मनाउँछन् ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया