Close sidebar

उपभोक्ता हित समितिका सभापति खानद्वारा बाँकेको आधा दर्जन उद्योगको अनुगमन

२०८० फाल्गुन ६ गते, आईतवार २०:०७

नेपालगन्ज । उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खानले बाँकेको पिप्रहवा स्थित रहेको के एल दुगड उग अन्तर्गत रहेको फुड प्रोडक्ट प्रा.लि. सहित आधा दर्जन उद्योगको अनुगमन तथा निरीक्षण गर्नु भएको छ ।

सभापति खानले आइतबार उद्योगको प्लान्ट तथा खानी क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्नु भएको हो । के एल दुगड उद्योगका प्राविधिक म्यानेजर प्रेमकुमार शर्माले सभापति खानलाई प्लान्ट तथा खानी क्षेत्रको स्थलगत जानकारी गराएका गराउनु भएको थियो ।

अनुगमनका क्रममा सभापति खानले औषधी उद्योग पानस र अम्बे स्टिल उद्योगको खानी विभागमा कार्यरत कर्मचारीहरूलाई भेट गर्नु भएको थियो । कर्मचारीहरूले सभापति खान समक्ष आ–आफ्ना समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए। अनुगमन तथा निरीक्षणमा आफ्नो मुख्य उद्देश्य नै कर्मचारीको भावना बुझ्ने र गुणस्तर खाद्य बस्तुको अवस्थाका बारेमा जानकारी लिने रहेको बताउँदै सभापति खानले यथाशीघ्र सबै समस्याको समाधानका लागि आफू अग्रसर रहने बताउनु भयो ।

अनुगमनका क्रममा के एल दुगडले उत्पादन गरेको चुराको २० केजीको बोरामा १८/१९ केजी र अरुवा चामलको ५० केजीको बोरामा २ सय ग्राम तौल कम राखेर बिक्री गर्दे आएको पाएपछि तौल संगै गुणस्तरमा सुधार गर्न सभापति खानले निर्देशन दिँदै मजदुरको सुरक्षामा गम्भीर बन्न निर्देशन दिनुभयो ।

सभापति खानले तौलमा घोटाला गर्ने र कमशल सामग्रीको प्रयोग गर्ने उद्योगलाई कारवाहीको दायरामा ल्याउने बताउनु भयो । सभापति खानले सहज उपाय निकालेर देखिएको सबै समस्या समाधान गर्ने बताउँदै उद्योगलाई सबल बनाउन सबै तहका कर्मचारीहरू एकजुट हुनुपर्नेमा कुरामा जोड दिनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया