Close sidebar

मूर्ति सेलाउने विषयमा झडपपछि रौतहटमा कर्फ्यू आदेश

२०८० फाल्गुन ५ गते, शनिबार २१:४३

रौतहट । सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो ।

शनिबार साँझ भएको झडपमा केही स्थानीय घाइते भएका छन । अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले दुई पक्षबीच झडपको अवस्था सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरिएको बताए ।

‘विवादलाई सामान्यीकरण गर्न दुई पक्षबिच छलफलको बाबजुत पनि स्थिति सामान्य नभएकोले सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुन जाने स्थिति देखिएकोले तपसिल सीमा क्षेत्र भित्र कसैले आवत जावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिँडडुल गर्न, भेला गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ ऱ्याली गर्न, एवं अरु कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी शनिबार बेलुका ५ बजेदेखि अर्को आदेश नभए सम्मका लागि कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिअ रेग्मीद्वारा जारी आदेशमा भनिएको छ ।

उनका अनुसार पूर्वमा जोकाहागाउँ, पश्चिममा घिउरा, उत्तरमा रामपुरखाप र दक्षिणमा जयनगरसम्मको क्षेत्रमा अनिश्चितकालसम्मको लागि कर्फ्यु आदेश जारी गरिएको छ ।

यसैबीच हिन्दु समुदायले निकालेको कलश यात्राका क्रममा महोत्तरीको सम्सी गाउँपालिका वडा नं. २ पर्सामा शनिबार दुई समुदायबिच झडप भएको छ । सम्सी गाउँपालिका वडा नं. १ बाट सुरु भएको कलश यात्रा नुरी मस्जिद नजिक पुगेपछि उनीहरू बीच झडप भएको थियोे ।

झडपका क्रममा दुबै समुदायका १/१ जना सामान्य घाइते भएको महोत्तरी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरिले जानकारी दिए । उनका अनुसार स्थिति नियन्त्रण गर्न प्रहरीले चार राउन्ड हवाई फायर समेत गरेको छ । घटना स्थलमा अहिले व्यापक सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

 

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया