नेपालगन्ज / जानकी गाउँपालिकास्थित राष्ट्रपति रनिङ शिल्ड तथा छैठौं पालिका स्तरीय अध्यक्ष कप प्रतियोगिता सचिवालयको चरम लापरबाहीका कारण विवादित सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा मानपुरद्वारा माघ २२ गतेदेखि २४ गतेसम्म सञ्चालित प्रतियोगिता सचिवालय कर्मचारीको चरम लापरबाहीका कारण विवादित भई बुधबार सम्पन्न भएको हो ।
सचिवालयले तोकेको उमेर हदको फाइल पहिलै राम्री भेरीफाइ नगरी खेलाइएको खेलमा अधिकांश खेलाडी तोकेको उमेर हद भन्दा बढी रहेपश्चात राष्ट्रपति रनिङ शिल्ड तथा छैठौं पालिका स्तरीय अध्यक्ष कप विवादित भई सम्पन्न भएको स्थानीयको आरोप छ । मंगलबार जानकी मावि. खजुराखुर्द र श्री मावि. जोगागाउँका खेलाडीबिच प्रतिस्पर्धा हुँदै गर्दा जानकी माविले शिक्षा शाखामा उजुरी दिए लगत्तै खेल अवरुद्ध भएपछि प्रतियोगिता विवादित बन्न पुगेको थियोे ।
जानकी माविको हार्ने संभावना देखेपछि सचिवालयकै एकजना कर्मचारी गुड्डु भन्ने बशीर शेषले संयोजित ढंगले खेल जिताउनका लागि खेललाई अवरुद्ध गरेको श्री मावी. जोगागाउँका खेल संयोजक कृष्णाहरी आचार्यले बताउनुभयो ।सचिवालयल पहिले आफैले फाइल भेरीफाइ गरेको आचार्यले आरोप समेत लगाए ।
सचिवालयको चरम लापरबाहीका कारण भलिबल र कबड्डीमा सामान्य विवाद उत्पन्न भएपछि श्री मावी. जोगागाउँले ३ वटा खेल जिते पश्चात् पनि खेलाडी तर्फबाट खेललाई बहिष्कार गरेको विद्यालयले जनाएको छ । प्रतियोगितामा ३ वटा निजी विद्यालय, १३ वटा मदरसा र २४ वटा सामुदायिक विद्यालय गरि ४० वटा विद्यालयका ४ सय ११ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।