Close sidebar

खजुराका कर्मचारीमाथि वडाध्यक्षद्वारा मुक्का प्रहार, पालिकाका कामकाज ठप्प

२०८० माघ २४ गते, बुधबार २१:२७

नेपालगन्ज / बाँकेको खजुरा गाउँपालिकाका कर्मचारी माथि एक वडाध्यक्षले मुक्का प्रहार गरेपछि कर्मचारीहरुले विराेध स्वरुप पालिकाको कामकाज ठप्प पारेका छन् । वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेषले पालिकाका असिस्टेन्ट सब-इन्जिनियर लिलाराज धामीलाई मुक्का प्रहार गरेपछि कर्मचारीहरुले कामकाज ठप्प पारेका हुन ।

खजुरा – ६ स्थित माध्यमिक विद्यालय, उढरापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका शेषले विद्यालयमा सञ्चालित माटो पटान योजनाको कार्यसम्पन्न प्रतिवेदनका लागि प्राविधिक नापजाँच गर्न गएका धामीलाई नाप जाँच नगरी प्रतिवेदन बनाउन नमानेको भन्दै मुक्का प्रहार गरेको गाउँपालिकाका कर्मचारीद्वारा आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वडाध्यक्ष शेषबाट कार्यस्थलमा खटिएका कर्मचारीहरु पटक-पटक असुरक्षित, अमर्यादित र अशान्तिपूर्ण व्यवहार भोग्नु परेको कर्मचारीहरुको भनाई छ । सुरक्षित वातावरणको प्रत्याभूति नहुँदासम्म कर्मचारीहरु कार्यस्थलमा नफर्किने विज्ञप्तिम मार्फत चेतावनी समेत दिएका छन ।

कर्मचारी माथि हातपात गर्ने वडाध्यक्ष शेषलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न उनीहरुले माग गरेका छन् । यसैबीच पालिकाका असिस्टेन्ट सब-इन्जिनियर धामीले आजै वडाध्यक्ष गरिबे शेषविरुद्ध ईलाका प्रहरी कार्यालय धनाैलीमा उजुरी समेत दिएका छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया