Close sidebar

सन्चारकर्मी इद्रिसी (शकील)लाई पितृ शोक

२०८० माघ २८ गते, आईतवार ००:५४

नेपालगन्ज / नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य अब्दुल करीम इद्रिसी (शकील)लाई पितृ शोक परेको छ । नेपाल प्रेस युनियनका साधारण सदस्य समेत रहेका इद्रिसीका ७४ वर्षीय पिता अब्दुल रहीस दर्जीको शनिबार दिन असमायिक निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार दर्जी विगत लामो समयदेखि (Bone mero joint Cancer) रोगबाट पीडित हुनुहुन्थ्यो । उनको लखनउबाट उपचार भइरहेको थियोे । शनिबार अपराह्न करीब ४ बजेतिर आफ्नै निवासमा असमायिक निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बाँकेको जानकी गाउँपालिकास्थित स्थानीय कब्रस्तानमा आइतबार विहान १० बजेतिर इस्लामिक विधिपुर्वक अन्त्येष्टी गरिने बताइएको छ । जानकी गाउँपालिका वडा नं. ५ गुरुवागाउँ निवासी मृतक दर्जीको १ श्रीमती १ छोरा र ४ छोरी छन ।

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ती मिलोस् भनि गहिरो समवेदना प्रकट गर्दै न्युज फ्ल्यास खबर डटकम (परिवार) इश्वरसंग प्रार्थना गर्दछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया