
नेपालगन्ज / मोटरसाइकल चोरी आरोपमा शुक्रबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ बस्ने १९ वर्षीय अरशद हल्वाईलाई मोटरसाइकल सहित बाँके प्रहरीले पक्राउ गरेको हो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित मयुर होटल नजिकैबाट शुक्रबार मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल सहित हल्वाईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता (डिएसपी) नारायण डाँगीले जानकारी दिनुभयो ।
पक्राउ परेका हल्वाई माथि आवश्यक अनुसन्धान एवं कारवाही अघि बढाईएको डिएसपी डाँगीले जानकारी दिए । केही समययता नगरमा मोटरसाइकल चोरीका घटना बढेपछि बाँके प्रहरीले सक्रियता देखाएपछि चोरहरु धमाधम पक्राउ पर्ने गरेका छन ।
