Close sidebar

चीनको गान्सुमा ६.२ रेक्टर स्केलको भूकम्प, एक सयभन्दा बढीको मृत्यु

२०८० पुष ३ गते, मंगलवार ०९:१२

काठमाडौं / चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा परी एक सय ११ जनाको मृत्यु भएको छ । भने २२० जनाभन्दा बढी घाइते भएको समाचार संस्था सीएनएनले जनाएको हो ।

स्थानीय समय अनुसार सोमवार अवेर राति ११ः५९ बजे उत्तर पश्चिमी चीनको गान्सु प्रान्तमा ६.२ रेक्टर स्केलको भूकम्प गएको चीनस्थित भूकम्प नेटवर्क केन्द्रले जनाएको छ ।

भूकम्पका कारण सबैभन्दा धेरै क्षति काउन्टि, डियाओजी र किङ्घईमा भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भूकम्पमा फसेकाहरूको उद्धार कार्य अझै जारी छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : [email protected]

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया