Close sidebar

जाजरकोटमा आज फेरि ४.२ रेक्टर स्केलको परकम्प

२०८० कार्तिक १८ गते, शनिबार १७:२९

नेपालगन्ज / जाजरकोटमा आज फेरि परकम्प महशुस भएको छ । शनिबार दिउँसो ३: ४० बजे रामिडाँडालाई केन्द्रविन्दु बनाएर ४.२ रेक्टर स्केलको परकम्प महशुस भएको भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका – १, रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको थियो । सो परकम्पबाट शनिबार साँझ ५ बजेसम्म १५७ जनाको मृत्यु भएको छ, भने १७० जना घाइते रहेका छन ।

प्रहरीका अनुसार जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ, भने ८१ जना घाइते रहेका छन । त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ, भने ७८ जना घाइते रहेका छन । यसैगरी दैलेखमा ३, जुम्लामा ३, प्युठानमा ३ र बैतडीमा २ जना घाइते रहेको बताइएको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया