
नेपालगन्ज / नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण मदरसाहरु, सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरुमा भोलि सार्वजनिक बिदा दिएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा शाखाले जनाएको छ ।
इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद मुस्तफा सल्लाह अलैवसल्लामको ११४५ औं जन्मजयन्ती अर्थात ‘मोहम्मद डे’ को अवसरमा बिहिवार सार्वजनिक बिदा दिएको शिक्षा शाखा प्रमुख गोर्ख बहादुर थापाले जानकारी दिए ।
इस्लाम धर्मालम्बीहरुको ठुलो संख्यामा बसोवार रहेकाले सो अवसर पारेर विद्यालयहरुलाई बिदा दिएको जनाएको छ ।साथै राष्ट्रिय परिक्षा बोर्डको कार्यक्रम अनुसार नै कक्षा १२ को परिक्षा सन्चालित हुने बिज्ञप्तिमा उल्लेख छ ।
