Close sidebar

पत्रकार महासंघ बाँकेका कार्यालय प्रमुख सल्मानीलाई मातृ शोक

२०८० आश्विन १० गते, बुधबार २०:३२

नेपालगन्ज / नेपाल पत्रकार महासंघ बाँकेका कार्यालय प्रमुख मेराज सल्मानीलाई मातृ शोक परेको छ । मुस्लिम जर्नलिस्ट क्लब नेपालका सचिव समेत रहेका सल्मानीका ममतामयी आमा आसिया सल्मानीको ७६ वर्षको उमेरमा आज असमायिक निधन भएको हो ।

बिगत लामो समयदेखि अस्वस्थ रहनुभएकी आमाको बुधबार दिउँसो करीब सवा १ बजेतिर आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । आमाको अन्त्येष्टि आजै साँझ करीब साढे ६ बजेतिर मगरिब नमाजपछि नेपालगन्जको स्थानीय कब्रस्तानमा गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ स्थित सल्यानीबाग निवासी सल्मानीका ५ छोरी र ३ छोरा छन ।

आमालाई अन्तिम श्रद्धाञ्जली दिन नातागोता, इष्टमित्रहरु तथा नेकपा एमालेका केन्द्रिय सदस्य मो. हारुन हल्वाई, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदी, सचिव कमल डाँगी, प्रेस चौतारी नेपाल बाँकेका अध्यक्ष दुर्गा रोकाय, मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष महमूद आलम खान, अवधी पत्रकार संघ बाँकेका निवर्तमान अध्यक्ष चन्द्रेश्वर राज त्रिपाठी लगायत तमाम सन्चारकर्मीहरुको ठूलो भिड रहेको थियोे ।

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ती मिलोस् भनि गहिरो समवेदना प्रकट गर्दै न्युज फ्ल्यास खबर डटकम परिवार ईश्वरसंग प्रार्थना गर्दछ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया