Close sidebar

जानकी मातहतका विद्यालयमा नियुक्त गरिएको कर्मचारीलाई नियुक्ति पत्र

२०८० आश्विन ९ गते, मंगलवार १९:४९

नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका मातहतका शिक्षा युवा तथा खेलकुद शाखा मानपुरले विद्यालयहरुमा विभिन्न पदमा प्रतिस्पर्धाबाट नियुक्त गरिएको कर्मचारीहरुलाई आज एक औपचारिक कार्यक्रमका बीच टीका अबिर लगाएर नियुक्ति पत्र दिएको छ ।

पालिका अन्तर्गत रहेका विभिन्न मदरसा तथा विद्यालयहरुमा गुणस्तर वृद्धिका लागि पालिकागत सूचीबाट शिक्षक र कार्यालय सहयोगी पदमा नियुक्त गरिएको कर्मचारीहरुलाई मंगलबार टीका अबिर लगाएर नियुक्ति पत्र दिएको हो ।

शिक्षा युवा तथा खेलकुद शाखाको सिफारिसमा विभिन्न मदरसामा प्रा. वि. तहका ३ जना शिक्षक र १३ जना कार्यालय सहयोगी पदमा (करार) नियुक्त गरेको छ । यसैगरी सो पालिका अन्तर्गत विभिन्न माध्यमिक विद्यालयमा ५ जना कार्यालय सहयोगी गरि २१ जनालाई (करार) नियुक्ति दिएको शिक्षा संयोजक रामअचल धोबीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, शिक्षा शाखाका प्राविधिक सहायक झुमी कुमारी ओली, विपद् तथा वातावरण व्यवस्थापन समितिका संयोजक राजेन्द्र सिंह, न्यायीक शाखा अधिकृत जीत बहादुर श्रेष्ठ, वडा नं. २ का वडा सदस्य राम धिरज यादव, शिक्षक तथा कर्मचारी लगायतको उपस्थिति थियो । जानकी अन्तर्गत मदरसा १४ वटा, सामुदायिक विद्यालय २४ वटा र गुरुकुल १ वटा सञ्चालित छन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया