Close sidebar

अनीशा चन्दलाई व्यूटीसीयन मिस तीज २०८० को उपाधी

२०८० भाद्र २६ गते, मंगलवार १७:४७

नेपालगञ्ज / गुड न्यू आइटीसी समूहद्धारा सोमबार आयोजित व्यूटीसीयन मिस तीज २०८० को उपाधी अनीशा चन्दले प्राप्त गर्नु भएको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा नेपालगन्जमा गरिएको सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनालेमा फस्ट रनर अपका रुपमा रक्षा सुनार, सेकेन्ड रनर अप बन्दना खड्का हुुनु भएको हो ।

१९ व्यूटीसीयन सहभागी मध्य पब्लिक च्वाइस एवं उत्कृष्ट प्रस्तुतिका रुपमा अमृता रजगैयालाई चयन गरिएको थियो । न्यू लुक कम्पनी, न्यू पोखरा सुनचादी पसलको मुख्य प्रायोजन तथा प्लानेट बुटिकको सह–प्रायोजनमा सम्पन्न प्रतियोगितामा विभिन्न विधामा योगदान पु¥याउने विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो । प्रतियोगिताको स्पोन्सरमा सिल्कन कम्पनी र लारी बेरी रहेका थिए ।

पत्रकारितामार्फत सौन्दर्यकला लगायत सामाजिक क्षेत्रमा योगदान पु¥याए वापत पत्रकारहरु शुक्रऋषि चौलागाई, कुरुणा शाह, सावीत्री गीरी, शिक्षाविद डा. जनार्दन आचार्य, प्लाष्टिक सर्जन डा. विनोद कर्ण, समाजसेवी लक्ष्मी श्रेष्ठलाई सम्मान गरिएको थियो । सोही अवसरमा वरिष्ठ सौन्दर्यविद राधा कुवर, सोनीया श्रेष्ठ, उर्मीला अग्रवाल लगायतलाई सम्मान गरिएको थियो ।

यस्तै छोटो समयमा सौन्दर्यकला व्यवसायमा ख्याती कमाउन सफल र लामो समयदेखि सौन्दर्यकला व्यवसायमा संलग्न यसोदा खत्री, शर्मीला खत्री, विश्वपतीसिंह थारु, निर्मला मल्ल, सुशीला टमट्टा, रेखा नेपाली, रमा शाही, टीका भट्राई, रेनुका गौतम, सुनिता आरसी, लक्ष्मी चौधरी, लक्ष्मी सापकोटा, समिक्षा सिलवाल, अनुराधा चौधरी, शशीकला चौधरी, सीता चौधरी, रेजीना रावल, लक्ष्मी चौधरी, सोनम केसी, सुमीत्रा पाण्डे, उषा न्यौपाने, अप्सरा खरेल लगायत ३० जना सौन्दयकर्मीलाई पनि सम्मान गरिएको थियो ।

प्रदेश सांसद मीना श्रेष्ठले सम्मान पत्र प्रदान गर्दै कार्यक्रमले संस्कृति संरक्षणसँगै महिलालाई आत्मबल र आत्मनिर्भरता तर्फ डो¥याएको बताउनुभयो । प्रतियोगीतामा सहभागी व्यूटीसीयनले क्याटवाक गर्नुका साथै तीजको ड्रेसमा नृत्य प्रस्तुत गरेका थिए । आयोजक गुड न्यू आइटीसी सञ्चालिका गीता भण्डारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सौन्दर्यविद सीता पाठक, गायक जय देवकोटा, शैलजा शाह, केपी घिमीरे, श्रंखला वस्नेत निर्णायकका रुपमा रहनु भएको थियो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया