Close sidebar

चाचाजी’ को जन्मजयन्तीका अवसरमा सञ्चारकर्मीकाे निःशुल्क मिर्गाैला परीक्षण

२०८० भाद्र २६ गते, मंगलवार २०:२०

नेपालगन्ज / नेपाल प्रेस युनियनका संस्थापक अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त ‘चाचाजी’ को ९५ औं जन्मजयन्तीका अवसरमा सञ्चारकर्मीकाे निःशुल्क मिर्गाैला परीक्षण गरिएको छ । युनियन बाँकेले विगतकाे वर्षझै यसवर्ष पनि सञ्चारकर्मीको निःशुल्क मिर्गाैला परीक्षण गरेकाे हाे ।

युनियन बाँके र बरिष्ठ पत्रकार पन्नालाल गुप्त प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटलको सहकार्यमा मंगलबार साे शिविर गरिएको हो । हस्पिटल परिसरमा बिहान आयोजित कार्यक्रमको उद्घाटन नेपाल प्रेस युनियनका बरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसी र प्रतिष्ठानका अध्यक्ष बिजय गुप्ताले गर्नुभएको थियो ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्वमा संचालन गरिएको उद्घाटन कार्यक्रममा वक्ताहरूले युनियनका संस्थापक तथा सेनानी गुप्तकाे जीवनशैलीकाे स्मरण गरेका थिए । साे शत्रमा बाेल्दै केन्द्रीय वरिष्ठ उपाध्यक्ष केसीले स्वर्गीय चाचाजीले आफ्नो जीवनकालमा सधैं साईकल चलाउने गरेको स्मरण गर्दै सञ्चारकर्मी स्वस्थ हुनका लागि नियमित रुपमा साईकल चलाउनुपर्नेमा जाेड दिनुभयाे ।,

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुकऋषि चाैलागाईले चाचाजीले पत्रकारिताकाे मर्यादालाई विशेष ध्यान दिएकाे बताउनुभयाे । युनियन बाँकेका अध्यक्ष ढकालले सञ्चारकर्मीका लागि स्वास्थ्य नै महत्वपुर्ण भएकाले विगतका वर्षझै यसपटक पनि युनियन बाँकेले निःशुल्क मिर्गाैला परिक्षण कार्यक्रम राखेको बताउनुभयो ।

युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव भिष्म लोधले गर्नुभएको थियो । शिविरमामा ६८ जना सञ्चारकर्मीले मिर्गौलाकाे चेकजाँच गराएको सचिव लोधले जानकारी दिनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया