
नेपालगन्ज / बाँकेको जानकी गाउँपालिका वडा नम्बर- २, स्थित श्री मा. वि. जोगागाउँले आज तीज मिलन शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम गरेको छ । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा सोमबार विद्यालय प्रङणमा एक कार्यक्रमको आयोजना गरी तिज मिलन शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम गरेको हो ।
विद्यालयका प्रधानाध्यापक मो. आलमीन राईको सभापतित्वमा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रज्जब अली हल्वाईको प्रमुख अतिथिमा भएको तीज विशेष कार्यक्रममा महिला शिक्षकहरूले तीजको विभिन्न गीतहरुमा नाचगान गरी एकाअर्कालाई तीजको शुभकामना आदानप्रदान गरेकी थिइन । भने विभिन्न प्रकारका खानेकुराहरुको परिकारको दर समेत खुवाइएको थियो ।
तीज विशेष कार्यक्रमका प्रमुख अतिथि हल्वाईले शिक्षकहरुलाई इमानदारी र लगनशीलताका साथ पठनपाठन गर्न आग्रह गर्नुभयो । उहाँले महिला शिक्षक, कर्मचारी लगायत सम्पूर्ण दिदीबहिनीहरूलाई हरितालिका तीजको शुभकामना मनतब्य समेत व्यक्त गरेका थिए । यस्तै विद्यालयका प्रधानाध्यापक राईले तीजको अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरुलाई हरितालिका तीजको शुभकामना दिएर कार्यक्रम समापन गरेका थिए ।
विद्यालयका कम्प्युटर अपरेटर सकिल अहमद राईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विद्यालयका लेखापाल अनिल कुमार पथिकले गरेका थिए । तीज विशेष कार्यक्रममा शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा छात्रछात्रा लगायतको सहभागीता रहेको थियो ।
