Close sidebar

हुलाक कार्यालय बाँकेका प्रमुख पाण्डेलाई निजामती सेवा पुरस्कार

२०८० भाद्र २४ गते, आईतवार १३:२८

नेपालगञ्ज / जिल्ला हुलाक कार्यालय बाँकेका कार्यालय प्रमुख गोविन्द प्रसाद पाण्डेलाई निजामती सेवा पुरस्कार – २०७९ प्रदान गरिएको छ । निजामती सेवा दिवस २०८० को अवसरमा निजामती सेवा दिवस मुल समारोह समितिद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नगद पचास हजार पुरस्कार र ताम्रापत्र प्रदान गर्नुभएको हो ।हरेक कार्य क्षेत्रमा तोकिएका कामहरू इमान्दारी पूर्वक सेवाग्राही केन्द्रिय भएर उतकृष्ट कार्य सम्पन्न गरेकोले उहाँलाई पुरस्कृत गरिएको हो । हुलाक कार्यालयमा कार्यरत पाण्डेले परिवर्तनशिल धारबाट हुलाकमा गरेका सुधार तथा विगतमा वाणिज्य कार्यालयमा सेवा प्रवाह तथा उपभोक्ता हितका क्षेत्रमा गरेका परिवर्तनमुखी काम, कोहलपुर नगरपालिका लगायतका स्थानीय तहमा गरेका संस्थागत सुधार गर्नु भएकोमा पुरस्कृत गरिएको हो ।

सामथै वातावरण तथा सरसफाई, सडक बिस्तार तथा सीप र क्षमता विकास अभियानहरूले आफु पुरस्कृत हुने थप आधार भएको उहाँले बताउनुभयो । पुरुस्कारले आफुमा थप हौसला बढेको समेत प्रतिक्रिया दिनुभयो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया