Close sidebar

सद्भावको शहर नेपालगन्जमा ताजिया बिसर्जन गरि चहेल्लम पर्व सम्पन्न

२०८० भाद्र २३ गते, शनिबार २०:३०

मो. ताहिर शेष राई (साहिल)

नेपालगन्ज / इस्लाम धर्मावलम्बीहरुको चहेल्लम पर्व नेपालगन्जमा आज ताजिया बिर्सजन गरि सम्पन्न गरिएको छ । हजरत इमाम हुसैन (अ.स.) तथा कर्बलाका शहीदहरूको सम्झनामा मोहरर्मको ४० औं दिनपश्चात् मनाइने चहल्लम पर्व शनिबार नेपालगन्जको फुल्टेक्रास्थित स्थानीय कर्बलामा ताजिया बिर्सजन गरि सम्पन्न गरिएको हो ।

शनिबार दिउँसो करीब ३ बजेतिर निस्केको हुसैनी जुलुसमा कर्बला शरीफको झ्याँकी, दुलदुल, अलम, ताजिया, बाजागाजा र लठ्ठीकला प्रदर्शनसँगै अग्नि कला प्रदर्शन सहितको जुलुस सदरलाईनदेखि शुरु भई त्रिभुवन चोक, त्रिवेणी मोड, गौसिया मस्जिद हुँदै कर्बलामा परम्परा अनुसार ताजिया विसर्जन गरि चहेल्लम पर्व विधिपूर्वक समापन गरिएको नेपाल मोहरर्म पर्व तथा कर्बला व्यवस्थापन समिति धम्बोझीका अध्यक्ष मेराज अहमद हिमालले बताए ।

गएराती (शुक्रबार) नगरको केही स्थानमा ताजिया स्थापना गरिएको थियो । सोही राती हुसैनी जुलुसमा कर्बला शरीफको झ्याँकी, अलम, ताजिया र बाजागाजा सहित नगर परिक्रमा गरि नेपालगन्जस्थित त्रिभुवन चोकमा भेला भई हुसैनी जुलुसको मिलान गरि चहल्लम पर्व मनाइएको थियो ।

स्मरणीय रहोस इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद (स.अ.) का नाती हजरत इमाम हुसैनसहित उहाँका परिवारका सदस्य, आफन्त लगायत अन्य मित्रहरुले शताब्दिऔं अघि ईराकस्थित कर्बलामा युद्धको दौरान शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा हरेक वर्ष हुसैनी जुलुस सहित चहेल्लम पर्व मनाइने गरिन्छ ।

सदभावको शहर नेपालगन्जमा चहल्लम पर्व शान्ति सदभावका साथ सम्पन्न भएकोमा नेपाल मोहर्मरम पर्व तथा कर्वला व्यवस्थापन समिति धम्बोझीले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई धन्यवाद दिए । चहल्लम पर्व अवधिभर सुरक्षाकर्मीहरूले निकै सक्रियतापूर्वक भूमिका निर्वाह गरेका थिए ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया