Close sidebar

अपांगता ब्यक्तिले चलाइएको स्कुटरमा एक्कासी आगलागी

२०८० श्रावण २० गते, शनिबार २३:२७

नेपालगन्ज / सडकमा गुडिरहेको अवस्थामा एक्कासी भारतीय नम्बरको तीन पांग्रे स्कुटरमा आगलागी भएको छ । बाँकेको जमुनाहा सिमानाकास्थित नेपालगन्ज भन्सार कार्यालयको यात्रु शाखा अगाडी अपांगता ब्यक्तिले चलाइएको UP 56 M 4191 नम्बरको स्कुटरमा एक्कासी आगलागी भएको हो ।

शनिबार बेलुका करीब ८ बजेतिर भारतको रुपैडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेको अवस्थामा अपांगता ब्यक्तिले चलाइएको उक्त स्कुटरमा एक्कासी आगलागी भएपछि स्थानीयले उनको तत्कालै उद्धार गरेका थिए । स्कुटर छाडेर भाग्ने क्रममा चालकको खुट्टामा सामान्य चोट समेत लागेको बताइएको छ ।

आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट स्कुटर पूर्ण रुपले क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया