Close sidebar

बिश्व रक्तदाता दिवसको अवसरमा नेपालगञ्जमा बृहत रक्तदान गरिँदै

२०८० जेष्ठ २२ गते, सोमबार २१:२४

नेपालगञ्ज / बिश्व रक्तदाता दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेले बृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

समाज बाँकेको सोमबार बसेको बैठकले बिश्व रक्तदाता दिवसको अवसरमा नेपालगञ्जमा बृहत रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।

बाँके जिल्लामा नियमित रुपमा रक्तदान गर्दै आएको समूह, संगठन र व्यक्तिहरुको सहकार्य गरेर सो कार्यक्रम गरिन लागिएको छ ।

रगत तथा प्लाज्मा नियमित दान गरौं, जीवन बचाउने कार्यमा ऐक्यबद्ध होऔं यो वर्षको नारा रहेको छ । जेष्ठ ३१ गते अर्थात जून १४ तारिखमा बिश्व रक्तदाता दिवस रहेको छ ।

बाँकेमा रक्तदान कार्यमा सक्रिय रहेको समाजले रक्तदान गर्नुपर्छ भन्ने सन्देश प्रवाह गर्न तथा रक्तदान पनि सामाजिक कार्य रहने भएकोले यसकार्यप्रति प्रेरित गर्न जिल्लामा बिभिन्न गतिबिधिहरु संचालनमा जोड दिइएको समाज बाँके अध्यक्ष दिला शाहले जानकारी दिनुभयो ।

रक्तदान महादान हो भन्ने सन्देशसहित बाँकेका आठ वटै स्थानीय तहमा उपशाखाहरु गठन गर्ने कार्य पनि शुरु भएको जानकारी दिनुभयो । बाँकेमा स्वस्फुर्त रुपमा रक्तदान गर्ने व्यक्तिहरु धेरै रहेकाले उहाँहरुलाई यो कार्यमा संगठित भएर सामाजिक कार्य संचालन गर्न र प्रभावकारी बनाउन जरुरी रहेको समाजका सल्लाहकार पूर्णलाल चुकेले बताउनुभयो ।

समाजको उपशाखा बिस्तार तथा स्वयंसेवी रक्तदाताहरुलाई समूहमा कार्य गर्न प्रेरित गर्न असार पहिलो साताभित्र बाँकेको जानकी र खजुरामा उपशाखा गठन गरिने निर्णय समेत बैठकले गरेको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाज जेष्ठ ३१ गते (जून १४) का दिन देशभरका जिल्ला शाखाहरुमा दिवसको अवसरमा कार्यक्रम आयोजना गर्न लागेको छ ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया