Close sidebar

डिएलए वरिष्ठ उपाध्यक्ष पदमा कार्कीको उम्मेदवारी सार्वजनिक

२०८० जेष्ठ २२ गते, सोमबार १७:३७

नेपालगञ्ज / नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशनको यहीँ जेष्ठ २६ गते चितवनको सौरहवामा हुने ११ औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा नेपालगञ्जका कानून व्यवसायी प्रहलाद बहादुर कार्कीले उम्मेदवारी सार्वजनिक गर्नु भएको छ । ४ दशकदेखि कानून व्यवसायमा संलग्न अधिवक्ता कार्कीले आज (सोमबार) नेपालगञ्जमा औपचारिक रुपमा पत्रकार माझ वरिष्ठ उपाध्यक्षको लागि दावेदारी प्रस्तुत गर्नु भएको हो ।

डिएलए र नेपाल बार एशोसिएशनका केन्द्रिय उपाध्यक्ष समेत रहीसक्नु भएका कार्कीले यस अघिको महाधिवेशनमै अध्यक्ष पदमा उम्मेदवारी दिएपनि सहमतीमा फिर्ता लिएको तर यस पाली भने वरिष्ट उपाध्यक्षमै उम्मेदवारी दिएको उदघोष गर्नु भयो । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष एक जना र महिला उपाध्यक्ष सहित ८ जना उपाध्यक्ष हुने व्यवस्था रहेको छ ।

स्थायी रुपमै काठमाडौं बस्न सक्ने अवस्था नरहेको लगायतका प्राविधिक कारण देखाउँदै कार्कीले वरिष्ठ उपाध्यक्षका लागि आफु पूर्ण रुपमा सक्षम र उपयुक्त भएको दावी गर्नुभयो । डिएलएमा जिल्लादेखि केन्द्रको विभिन्न तहमा रहेर अनुभव संगाली सकेकाले अब वरिष्ठ उपाध्यक्षमा रहेर कानून व्यवसायीको हकहित र संस्थागत विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

विगतमा डिएलएका लागि गरेको योगदान, देशभरका कानून व्यवसायी साथीहरुको हौसला र साथले आफु वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने उहाँले ठोकुवा गर्नुभयो । कार्कीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिरहँदा डिएलए बाँके अध्यक्ष जनक बहादुर शाही, उच्च अदालत बार एशोसिएशन नेपालगञ्जका अध्यक्ष चित्र बहादुर शाही, पुनरावेदन अदालत बार एशोसिएशन नेपालगञ्जका पुर्व अध्यक्ष लोक बहादुर शाह, डिएलए बाँकेका पुर्व अध्यक्ष इश्वरी ज्ञवाली पनि साथमै हुनुहुन्थ्यो ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया