
नेपालगन्ज / सोमबार राति करीब साढे ८ बजेतिर नेपालगन्जस्थित सदरलाइन टाँगा स्टैण्ड नजिक दुई मोटर साइकल एकअर्कालाई ठोकिँदा दुई जना गम्भीर घाइते भएका छन ।
त्रिभुवन चौकदेखि टाँगा स्टैण्डतर्फ तिब्र गतिमा आउँदै गरेको भे. १२ प ८१६८ नम्बरको मोटर साइकल र टाँगा स्टैण्डदेखि त्रिभुवन चौक तर्फ जादै गरेको भे. १३ प १७९६ नम्बरको मोटर साइकल एकआपसमा ठोकिंदा दुई जना गम्भीर घाइते भएका हुन ।
घाइते हुनेमा ८१६८ नम्बरको मोटर साइकलमा सवार अन्दाजी १९ बर्षिया रोजनी सिंह र १७९६ नम्बरका मोटर साइकल चालक नेपालगन्जको राधा कृष्ण मन्दिरका अन्दाजी ४८ बर्षिय शंकर शाह रहेको प्रहरीले जनाएको हो ।
घाइते दुबै जनाको भेरी अस्पताल नेपालगन्जमा उपचार भैइरहेको छ । भने ८१६८ नम्बरको मोटर साइकल चालक नेपालगन्ज वडा नम्बर ८ का सिद्धार्थ सोनीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
