Close sidebar

‘पत्रकार’ भण्डारीको मोबाइलले आइजिपीलाई अर्को तनाव

२०८० जेष्ठ १३ गते, शनिबार ०३:३०

काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले नागरिकबाट प्रशंसा कमाइरहेका बेला संगठनको नेतृत्वकर्ता प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर भने यतीबेला तनावमा छन् । विगतमा पक्राउ परेका अभियुक्तलाई छाडेको र अहिले पनि बालकृष्ण खाणलाई जोगाउने प्रयास गरेको आरोप उनीमाथि छ । यो विषयमा उनीमाथि पनि छानबिनको माग उठिरहेको छ । यद्यपी उनले यसको खण्डन गरेका छन् ।

कुँवर यहीबेला अर्को तनावमा पनि छन् । कुँवर निकट मानिने आफुलाई पत्रकार भनेर चिनाउने मदनबाबु भण्डारी पनि यतीबेला प्रहरी हिरासतमा छन् । आइजिपी कुँवरसँगै गुल्मी र अर्घाखाँची फर्कदा उनी पक्राउ परेका थिए । उनीमाथि प्रहरीकै कागजपत्र समेत कीर्ते गरेको आरोप लागेको छ । बानेश्वर वृत्तले उनलाई मुद्दा चलाउने तयारी गरिरहेको छ ।आइजिपीलाई समेत थाहा नदिई काठमाडौं परिसरको टोलीले भण्डारीलाई पक्राउ गरेको हो ।

भण्डारीको मोबाइल परीक्षणमा पठाइएको छ । उनको मोबाइलबाट आइजिपीसँगकै निकटस्थ सम्बन्ध देखिने प्रमाण भेटिने जोखिम छ । जसकारण आइजिपी कुँवर अर्को तनावमा छन् । पत्रकारको आवरणमा दलाली गर्ने आरोप लागेका भण्डारीसँग आइजिपीको अस्वभाविक सम्बन्धको प्रमाण बाहिर आउने भएपछि कुँवर अर्को तनावमा परेको प्रहरी प्रधान कार्यालयका एक अधिकारी बताउँछन् । भण्डारीको मोबाइलबाट कुँवर मात्र होइन अन्य धेरै प्रहरी अधिकृतसँग भण्डारीका लेनदेनका कुरा आउने सम्भावना छ ।

                                                     स्रोत : दृष्टि न्यूज

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया