Close sidebar

जानकीमा निर्माणाधीन सडक तथा बाटो निर्माणको अनुगमन तथा निरिक्षण

२०८० जेष्ठ १३ गते, शनिबार ०१:४९

नेपालगन्ज / बाँकेको जानकी गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका सडक तथा बाटो निर्माण कार्यको अनुगमन तथा निरिक्षण गरिएको छ । गाउँपालिका उपाध्यक्ष रामप्यारी यादवको नेतृत्वमा निर्माणाधीन अवस्थामा रहेका योजनाहरु सडक तथा बाटो निर्माण कार्यको शुक्रबार अनुगमन तथा निरिक्षण गरिएको हो ।

अनुगमन समितिको टोलीले आर्थिक वर्ष २०७९ / ०८० को बजेटबाट भौतिक संरचनाहरु निर्माणाधीन अवस्थामा रहेको वडा नम्बर १ स्थित साईगाउँ र बढैया तथा वडा नम्बर २ जोगागाउँस्थित रामजानकी मन्दिर परिसरमा निर्माणाधीन कार्यलाई मध्येनजर गर्दै अनुगमन गरेका हुन ।

अनुगमनका क्रममा पालिका उपाध्यक्ष एवं अनुगमन समितिका संयोजक रामप्यारी यादवले वडा नम्बर १ बढैयामा निर्माणाधीन नालीको कार्य गुणस्तरहिन अवस्थामा पाइएको र स्टिमेट अनुसार निर्माण कार्य नभएको बताइन् । उनले पटकपटक गाउँपालिका प्रमुख छब्बन खाँ तथा स्वयं आफुले बाँकेको कोहलपुर – १० स्थित के.आर. कन्ट्रक्सन प्रा.लि. का ठेकेदारलाई मौखिक तथा लिखित जानकारी गराउँदा पनि ठेकेदार कम्पनीले बेवास्ता गरेको समेत आरोप लगाइन् ।

अनुगमन टोलीका अनुसार ठेकेदार कम्पनीले राम्रोसँग काम नगरिदिँदा पाँच वर्षको अवधीमा जनता सामु गाउँपालिकालाई बदनाम गर्ने नियतले दादागिरी शैलीमा कानमा तेल हालेझै सिङ्गो गाउँपालिकालाई चुनौती दिंदै गुणस्तरहिन निर्माण कार्य गर्दै आएको बताए । यसैगरी वडा नम्बर १ साईगाउँस्थित लकई चमारको घरदेखि कालीमाई मन्दिरसम्मको पिसिसि बाटोमा निर्माण कार्य अन्तिम चरणमा पुगिसक्दा पनि उक्त बाटोको ठ्याक्कै बिचमा रहेको बिजुलीको खम्बा समेत नसारेको पाइएको छ ।

अनुगमनका क्रममा उक्त बाटो निर्माण कार्य स्टिमेट अनुसार नभएको अनुगमन समितीका संयोजक यादवले बताइन । अनुगमनका क्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत शोभा पौडेल, कार्यपालिका सदस्य एवम् विपद तथा वातावरण समितिका संयोजक राजेन्द्र सिंह, ईन्जिनियर प्रजेश आले र ओभरसियर तेज वहादुर शाहीको उपस्थिति रहेको थियोे ।

हाम्रो बारेमा

सम्पर्क

न्यूज फ्ल्यास साप्ताहिक पत्रिकाद्वारा संचालित
न्यूज फ्ल्यास खबर डट कम
ठेगानानेपालगंज, बाँके
मोबाईल . : ९८४८०५२०२६
मेल : newsflash1424@gmail.com

हाम्रो टिम

प्रकाशक/सम्पादक :मो. अरशद शेष राई

सोसिअल मिडिया